काठमाडौँको केएमसी अस्पतालमा थप एक घाइतेको मृत्यु भएको छ।जेनजीको प्रदर्शनका क्रममा भएका घाइतेमध्ये केएमसी अस्पतालमा मात्र २ जनाको मृत्यु भइसकेको छ। मृतकको परिचय खुलिसकेको छैन।अस्पताल सञ्चालक एवं सांसद सुनील शर्माको सचिवालयले दुई जनाको ज्यान गएको जानकारी दिएको हो। यस अस्पतालमा ४० जना घाइतेको उपचार भइरहेको सचिवालयको भनाइ छ।
Posted inSamachar
केएमसी अस्पतालमा थप एक प्रदर्शनकारीको मृत्यु, ४० जना उपचाररत

