काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन्। उनले देश जेन जीकै हातमा भएको भन्दै क्षति हाम्रै हुने भन्दै यस्तो आग्रह गरेका छन्। 'पिल्ज जेन जी देश तपाईंहरूकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,' उनले फेसबुकमा लेखेका छन्,'अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुस्।' जेन जीले काठमाडौँसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्।
Posted inSamachar
बालेनले भने: पिल्ज जेन जी अब घर फर्किनुस्

