नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको छ। सुदूरपश्चिमी सीमा नाका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका भएर भारत गइरहेका नेपालीलाई एसएसबीले प्रवेश दिएको छैन।माथिको आदेश भन्दै भारत जान नदिएर फर्काएको भारतफर्त हिँडेका नेपालीले गुनासो गरेका छन्। नेपालका कारगारहरुबाट कैदीबन्दी भागेको र उनीहरु भारत भित्रिन सक्ने भएकाले नाकामा कडाइ गरिएको बताइन्छ।महेन्द्रनगरको सडकमा नेपाली सेना परिचालित भएको छ। सेनासहित प्रहरी र सशस्त्र प्रहरीले बिहानैदेखि महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा गस्ती गरिरहेका छन्।
Posted inSamachar
एसएसबीले नेपालीलाई भारत प्रवेश गर्न दिएन

