चीनले नेपालमा छिटै समाजिक व्यवस्था र स्थिरता पुर्नस्थापना हुने आशा व्यक्त गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले भनेको छ, ‘चीनले नेपालका सबै पक्षहरूले आफ्ना आन्तरिक समस्याहरू उचित ढंगले समाधान गरी छिट्टै सामाजिक व्यवस्था र स्थिरता पुर्नस्थापना गर्ने आशा व्यक्त गरेको छ।’नेपालमा भएको प्रदर्शन र अशान्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनु परेको प्रसँगमा टिप्पणी मागिँदा लिनले यस्तो प्रतिक्रिया दिएको उल्लेख समेत गरेको छ
Posted inSamachar
नेपालमा छिट्टै स्थिरता पुर्नस्थापना हुने चीनको आशा

