नेपालको राजनीतिक घटनाक्रमलाई लिएर हङकङका नेपालीले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले नेपालमा रहेका आफ्ना परिवारका सदस्यहरुको सुरक्षा र देशको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका हुन्। धेरैजसोले युवाले गरेको सडक प्रदर्शनलाई लिएर प्रशंसा गरे पनि जीवन जोखिममा पार्ने गरी भएको हिंसात्मक घटनाको विरोध गरे। केहीले भने नेपालमा अप्ठ्यारोमा परेकाका लागि सहयोग गर्ने इच्छा पनि व्यक्त गरेका छन्। कतिपय प्रदर्शनका क्रममा मृत्यु भएकाका लागि आवश्यक आर्थिक सहयोग जुटाउने तयारीमा समेत रहेका छन्। ‘ह
Posted inSamachar
नेपालको सडकमा बलेको आगोले पोल्दै छ हङकङ बस्ने नेपालीको मन

