कञ्चनपुरस्थित जिल्ला कारागारबाट भागेका पाँच कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आत्महत्या दुरुत्साहनका दुई, लागुऔषधका एक, जबर्जस्ती करणीका एक र चोरी मुद्दाका एक जनालाई नियन्त्रणमा लिइएको छ।नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा बुझाउने तयारी भइरहेको उनले बताए। कारागारबाट भागेका अरू कैदी–बन्दीको खोजतलासको कार्य भइरहेको उनको भनाइ रहेको छ। रासस
Posted inSamachar
कञ्चनपुर कारागारबाट भागेका पाँचजना शुक्लाफाँटाबाट नियन्त्रणमा

