विराटनगरका सडकमा धुलो उडिरहेको थियो, हावा धुँवाले भरिएको थियो। भदौ २४ गते सरकारी भवनहरूबाट उडिरहेको धुवाँले आकाश कालो देखिन्थ्यो। भीड ‘जिन्दावाद-मुर्दावाद’को नारा लगाउँदै अघि बढिरहेको थियो। कोसी प्रदेशसभा भवन, जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय, सक भवन, अदालत, मालपोत, नापी आगो लगाउँदै सबै भत्काइँदै थिए। आगोले कागज, कुर्सी र भित्तालाई भस्म बनाइसकेको थियो।भीड अब ऐतिहासिक वीरेन्द्र सभागृहतर्फ अघि बढ्छ। जेनजीका समर्थकहरू मुख्य गेट तोडेर भित्र पस्न थाले। त्यही बेला, पसिनाले भिजे
Posted inSamachar
एउटा जेनजीको सुझबुझले जोगिएको वीरेन्द्र सभागृह

