सशस्त्र प्रहरी बल नेपालले सुनसरीको इटहरीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। शनिबार राति भएको विशेष सूचनाको आधारमा ५ हजार किलो गाँजा बरामद गरिएको हो।सशस्त्र प्रहरी बल कोसी प्रदेशका अनुसार इटहरी उपमहानगरपालिका–५ स्थित स्यार्सेकाली पेट्रोल पम्पमा रोकेर राखिएका दुईवटा ट्रकबाट यो ठूलो परिमाणको गाँजा बरामद गरिएको हो। ना ४ ख २९०१ नम्बरको ट्रक र बा ५ ख ११६९ नम्बरको मिनी ट्रकबाट कुल १५८ बोरा गाँजा बरामद गरिएको छ।बरामद गरिएको गाँजाको वजन ५ हजार किलो रहेको प्रहरीले पुष्टि गरेको छ। यो मात्रा अहिलेस
Posted inSamachar
संकटको मौका छोपेर गाँजा तस्करी, एकै पटकमा अहिलेसम्मकै ठूलो परिमाण बरामद

