ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको नेतृत्व पाएका मन्त्री कुलमान घिसिङले मन्त्रालयहरु र यिनै मातहतका निकायमा शून्य सहनशीलताको नीति लिने बताएका छन्। भ्रष्टाचार र अनियमितता नियन्त्रण जेनजीको माग भएको बताउँदै उनले यसको निर्मूल अन्त्य गर्ने दाबी गरेका हुन्। मन्त्रालयमा पदभार ग्रहणपछि उनले यसो बताएका हुन्। ‘मन्त्रालय र मातहतमा शून्य सहनशीलता अवलम्बन गरिनेछ। त्यस्तो कार्य गरेको पाइए तत्काल कारबाही गरिनेछ’, उनले भने, ‘भ्रष्टाचार नियन्त्रण होइन निर्मूल गरिनेछ।
Posted inSamachar
कुलमानले भने- मन्त्रालय र मातहत निकायमा शून्य सहनशीलता, भ्रष्टाचार गरे तत्काल कारबाही

