यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीका लागि अखिल (छैठौं) ले रक्तदान गरेको छ। मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रक्तदान गरिएको हो। कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, नेकपा (मसाल) का काठमाडौं प्रवक्ता जगत रेग्मी, कानुन व्यवसायी लक्ष्मणदेव पाण्डे, जनजाती नेता निम बुढामगरलगायतले रक्तदान गरेका थिए। कार्यक्रमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेल उपस्थित थिइन्।जेनजी आन्दोलन
Posted inSamachar
जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

