खोटाङमा एक युवतीको शंकास्पद अवस्थामा शव फेला परेको छ।दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे निवासी रवीन परियारकी पत्नी २५ वर्षीया रेश्मीका सिवा परियारको शव स्थानीय जंगलमा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५, सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्। ‘भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प
Posted inSamachar
सहकारीमा काम गर्ने २५ वर्षीया युवतीको शव जंगलमा भेटियो, बलात्कारपछि हत्या भएको आशंका

