बुधबार दिउँसो वीर अस्पतालको नयाँ सर्जिकल भवन सधैँझैँ व्यस्त देखिन्थ्यो। केही बिरामी डिस्चार्ज भइरहेका थिए भने केहीलाई भेट्न आफन्तहरू आइरहेका थिए। तर, बेड नं २०२४ को दृश्य भने फरक थियो।बेडमा एक घाइते युवक सुतिरहेका थिए। उनको छेउमा न परिवार थियो, न साथीभाइ। मलाई उनका बारेमा केही थाहा थिएन। सुतिरहेको देख्दा एकछिन बोलाउन मन लागेन। तर, रिपोर्टिङमा गएकाले जसरी पनि कुरा गर्नु थियो। र, गाह्रो मान्दै बोलाएँ: 'भाइ, सुन्नुहोस् न!'सायद गहिरो निद्रामा थिए, बोलाउँदा पनि ब्युँझेनन्। वरिपरिका बिरामीलाई
Posted inSamachar
परिवार आउन सकेन, साथीभाइ फर्के, अस्पतालमा एक्लै छन् गोली लागेका यी घाइते

