पश्चिमी गाजा सहरमा पिकअप ट्रकमा इजरायली आक्रमण देखाइएको भिडिओ पुष्टि भएको बीबीसीले जनाएको छ। ट्रक तोकिएको निकासी मार्गबाट आधा माइलभन्दा कम दूरीमा थियो।इजरायलले नागरिकहरूलाई भूमध्यसागरीय तटमा पर्ने अल-रसिद रोड प्रयोग गरेर दक्षिणतिर जान र गाजा सहर छाड्न आदेश दिएको छ।ग्राफिक भिडिओमा घरायसी सामान बोकेको गाडी जलिरहेको देखिन्छ।महिला र साना बालबालिकासहित घाइते र रगतले लतपतिएका मानिस पनि नजिकै देखिएका छन्, साथै जमिनमा शवहरू देखन्छन्। आक्रमण अल-रसिदबाट लगभग ५०० मिटर टाढा भएको संकेत पाइएको
Posted inSamachar
गाजा सहरको अवस्था बीभत्स, मानिसहरूको भागाभाग

