बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको समन्वयात्मक बैठकमा जेनजी प्रतिनिधिहरूले सत्ताच्युत शक्तिबाट आफूहरूमाथि त्रास सिर्जना गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठकमा उनीहरूले सत्ताबाट बहिर्गमित शक्तिहरूले आफूहरूलाई आतंककारी भन्न थालेको, आफ्ना विरुद्धमा जथाभावी मुद्दा दर्ता गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। उनीहरूले गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वस्फूर्त क्रान्ति थियो
Posted inSamachar
राष्ट्रपति र प्रधानमन्त्रीसँग जेनजी: पुराना शक्तिले हामीविरुद्ध षड्यन्त्र गर्न थाले, सुरक्षा चाहियो

