काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’ गरेका छन्। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई बोलाएका थिए। आइतबार बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका हुन्।दुलाल कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्न सक्छन्। उनीसँग मुखकै सहायताले मादल, सनाई, सारङ्ग
Posted inSamachar
काग तिहार: ‘कागे’ले आज नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि यसरी भेला गरे काग

