रामेछापमा टाटासुमो गाडी दुर्घटनामा परेको छ। चालकसहित चारजना सवार गाडी दुर्घटनामा परे पनि सबै यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ। आज बिहान रामेछापको सुनापति गाउँपालिका- ३ स्वाराबाट काठमाडौँ तर्फ आउँदै गरेको मे.१ ज २२८४ नम्बरको गाडी सुनापति ४ काे डम्फु पार्कको ओरालोमा दुर्घटनामा परेको हो। गाडी दुर्घटनामा परे पनि चालक धनबहादुर मगरसहित चारैजना यात्रु सकुशल रहेका प्रहरीको भनाई छ।
Posted inSamachar
काठमाडौँ आउँदै गरेको गाडी रामेछापमा पल्टियो

