हिमालपारिको जिल्ला मनाङस्थित समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत आपूर्ति गरिएको छ।नेपाल विद्युत प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखी तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको हो।प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले केही दिनअघिबाट सौर्य प्यानलको व्यवस्था गरी तिलिचो तालमा बत्ती बालिएको बताए।बत्ती पुगेपछि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको केन्द्र प्रमुख महतोको भनाइ छ।
Posted inSamachar
तिलिचोमा बालियो सोलारबाट बिजुली

