सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी निधन भएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई रु दुई लाख सहयोग गर्ने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिए।यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु दुई लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको थियो। सोहीअनुसार यसअघि मृतक सात जनाका परिवारलाई सहयोग रकम दिइसकेको र अब विपिनको परिवारलाई पनि सहयोग गरिने बताए।  
Posted inSamachar
विपिनको परिवारलाई प्रदेश सरकारको दुई लाख सहयोग

