आज तिहारको लक्ष्मीपूजा। के गाउँ, के सहर अधिकांश घरहरू झिलिमिली बत्तीबाट सजिएका छन्।काठमाडौँ उपत्यका झलमल्ल बनेको छ। दीपावलीले राजधानीसहित प्रमुख सहरहरू धपक्क बलेका छन्।गाउँदेखि सहरसम्म फूल र बत्तीले हरेक घर सजाइएको छ। घर भित्र र बाहिरको वातावरण उल्लासमय बनेको छ।व्यापारिक क्षेत्रमा तिहारको किनमेलका लागि सर्वसाधरणको घुइँचो लागेको छ।प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ।सयपत्री र मखमली फूल, बत्तीक
Posted inSamachar
तिहारमा धपक्क काठमाडौँ, हेरौँ ड्रोन तस्बिरहरू

