पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा एक जना पक्राउ परेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर पनि तोडफोड र आगजनी भएको थियो। प्रहरीले उक्त तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा सोनम थेवेलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) समूहका सदस्य हुन्। गुरुङ पनि नेकपा एमालेकै कार्यकर्ता हुन्।
Posted inSamachar
विद्या भण्डारीको घर जलाएको आरोपमा पक्राउ परे चक्रे मिलन समूहका थेवे

