चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा मंगबार साँझ बस र कार ठोकिँदा एक जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्।नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी डीएसपी रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो दुर्घटनामा बसका चालकस
Posted inSamachar
चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते

