तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ। जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ। यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ। यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन्। गाउँ, टोल र छिमेक भैलीमय बनेको छ। तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष हराउँदै गएको छ। एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेहरूको भीड लागेको छभने गाउँमा पनि उस्तै छ।भैलो खेल्दा गाउने गीत र नाचिने नाचमा अचेल कुनै मौलिकता भने देख्न पाइँदै
Posted inSamachar
हराउँदै तिहारको मौलिकताः अंग्रेजी र हिन्दी गीतमा देउसीभैलो

