पोखरा १४ मा रहेको पुष्करिणी गोकुलधाम बुधबार पनि उस्तै थियो। गाईको बाँ-बाँ आवाज गुञ्ज्एिकै थियो। बाच्छा-बाच्छी कतिबेला दाम्लोबाट फुस्केर लाम्टो चुस्न पाइएला भनेर मान्छेको सर्याकसुरुक कुर्दै थिए।गोकुलधामका कामदारहरूको गोबर सोहोर्ने, कुँडो पकाउने, दूध दुहुने, पराल काट्ने र ढुटो र चोकर मिसाउने दैनिकी दोहोरिएकै थियो तर बुधबार भने विशेष थियो।कारण-बुधबार गाईतिहार थियो। पुष्करिणीधामका अगुवा स्वामी कमलनयन गौतम आफैँ गाई-गोरु र बाच्छा-बाच्छीको पूजा र मीठो-मसिनो खुवाउने कामको अगुवाइ गर्दै थिए
Posted inSamachar
पोखराका सडकमा कसरी पुग्थे छाडा गाईगोरु, अहिले कहाँ छन्?

