गृह मन्त्रालयले सबैको जायज माग सम्बोधन गर्न सरकार तत्पर रहेको भन्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता कार्यक्रम नगरी संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्वोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ।’
Posted inSamachar
आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

