यहाँको थासाङ गाउँपालिकास्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ। मार्चे याक नाक कृषक समूहले बिहीबारदेखि मेला आयोजना गरेको हो।हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ। प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने चौँरीको आलो रगत खाँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ। समूद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा म
Posted inSamachar
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

