झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेमा घाँस काट्न गएका एक वृद्धको खोलामा डुबेर ज्यान गएको छ।मृत्यु हुनेमा सोही ठाउँका ८० वर्षीय भीमबहादुर बिष्ट रहेका छन्। बिष्ट शुक्रबार दिउँसो घाँस काट्न गएका थिए।घाँस काटी फर्कने क्रममा भुतेनी खोलाको डिलमा लडेर पानीमा डुब्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।मृतकको छोराले दिउँसो ४:२० बजे शव खोलाबाट निकालेर किनारमा राखी प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटि
Posted inSamachar
झापामा खोलामा डुबेर ८० वर्षीय वृद्धको मृत्यु

