आर्थिक वर्ष सुरु हुने भएकाले साउन १ नेपालका लागि महत्त्वपूर्ण छ। यस वर्षको साउन १ भने एमालेका लागि पनि महत्त्वपूर्ण बनेको छ। किनकि आगामी नेतृत्वका दुई आकांक्षी प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एकले अर्काेलाई रोक्ने र छेक्ने (निषेध) प्रयासको विधिवत् सुरुवात यसै दिनदेखि हुन पुगेको छ। प्रधानमन्त्री ओलीले केन्द्रीय सचिवालयको १ साउनको बैठकबाट यस्ता केही निर्णय गराएका छन्, त्यसले पूर्वराष्ट्रपति भण्डारीको एमालेको नेतृत्व गर्ने आकांक्षामा अवरोध सिर्जना गर्नेछ।
Posted inSamachar
ओली-भण्डारी शक्तिसंघर्ष, ‘मध्यमार्ग’ कमजोर हुँदा निषेधतर्फ अग्रसर

