निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई निवेदन दिन भनेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी निवेदन माग गरेका हुन्। पर्यवेक्षण अनुमतिका लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौँ उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वानचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र दिन भनिएको छ। अन्तर्राष
Posted inSamachar
निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक संस्थालाई निवेदन दिन आयोगको आग्रह

