बंगालको खाडीमा विकसित 'मोन्था' चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मोन्था भारतको आन्ध्र प्रदेश हुँदै नेपालको तराई नजिकै आइपुगेको हो।'बिहानैदेखि कोसी, मधेस, बागमती, लुम्बिनी र गणडकी प्रदेशमा मोन्थाको प्रभाव सुरु भइसकेको छ', उनले बिहीबार बिहान नेपालखबरसँग भनिन्।जसका कारण यी प्रदेशमा स्थानमा हल्का वर्षा भइरहेको छ।
Posted inSamachar
यी प्रदेशमा सुरु भयो 'मोन्था' चक्रवातको प्रभाव, बिहानैदेखि वर्षा

