मेलबर्नमा अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ।१७ वर्षीय क्रिकेटर बेन अस्टिनलाई नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको र घाँटीमा लागेको हो।अभ्यासका क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको थियो।मंगलबार अस्पताल लगिएपछि बेनलाई लाइफ सपोर्टमा राखिएको थियो। यद्यपि उनको बुधबार मृत्यु भएको बीबीसीले जनाएको छ।उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ।
Posted inSamachar
अभ्यासका क्रममा बलले लाग्दा अस्ट्रेलियाली क्रिकेटको मृत्यु

