सशस्त्र प्रहरीले म्याग्दीको अन्नपूर्ण बेश क्याम्पबाट एकसय ६२ जना पर्यटकको उद्धार गरेको छ। अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक अलपत्र अवस्थामा नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानारी दिए। आज बिहानसम्ममा बेसक्याम्पबाट सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ। अन्नपूर्णबेश क्याम्पमा अहिले हिउँ पहिरो खसिरहेको छ। सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्दारका लागि सुरक्षा फौज बेशक्याम्प तर्फ गएको थियो। 
Posted inSamachar
अन्नपूर्ण बेशक्याम्पबाट सशस्त्रले गर्याे १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

