नेपाली कांग्रेसका दुुई महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलमा बसेका छन्। कांग्रेस पदाधिकारी बैठकअघि उनीहरूले खड्कासँग छलफलमा जुटेका हुन्। कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र महाधिवेशन कहिले गर्ने भन्नेमा टुंगो नलागेपछि नेताहरू छलफलमा जुटेका हुन्। यसअघि नेता शेखर कोइरालाले पनि आज बिहान आफूनिकट पदाधिकारीहरूसँग छुट्टै छलफल गरेका थिए।
Posted inSamachar
कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय छलफलमा

