गत बुधबार राति ११ बजेको समयमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानीले २५ वटा गोरु लिएर हेटौँडातर्फ आउँदै गरेको ट्रकलाई नियन्त्रणमा लियो। मधेश प्रदेश ०३–००१ ख ०७०७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा कृषि प्रायोजनका लागि झापा लगिँदै गरेको भेटेनरी प्रमाण पत्र चालकको साथमा भेटियो। युनिसा सप्लायर्स हेटौँडा–१५ को नाममा रहेको कम्पनीबाट झापा नमुना गैरीगाउँ अर्गानिक एग्रिकल्चर फर्म झापामा पुर्याउन लागिएको भेटेनरी प्रमाण पत्र चालकको साथमा थियो।पशुपन्छी
Posted inSamachar
अवैध रुपमा भारत निकास हुन लागेका गाईगोरु किसानलाई वितरण

