भारी हिमपात र वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले ९ घण्टाको प्रयासपछि उद्धार गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाकाअनुसार सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यु ट्रेनिङ स्कुल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यु टिमले उनीहरूलाई सकुशल उद्धार गरेको हो।उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना बिरामी महिला र अन्य सामान्य अवस्थाका व्यक्त
Posted inSamachar
तिलिचो बेस क्याम्पमा ५ दिनदेखि फसेका ११ पर्यटकको उद्धार (भिडिओ)

