नेकपा एमालेको जारी पोलिटब्युरो बैठक आजै (शनिबार) सक्ने तयारी गरिएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक दोस्रो दिन चलिरहँदा पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आजै सकाउने तयारी रहेको जानकारी दिएका हुन्। उनका अनुसार पार्टीको विधान संशोधन प्रस्तावमा अहिलेसम्म ६ नेताले धारणा राखिसके। ‘अहिलेसम्म ६ जनाले बोलिसके’, उनले भने, ‘आजै बैठक सकाउने तयारी छ।’
Posted inSamachar
एमाले पोलिटब्युरो बैठक च्यासलमा जारी, आजै सकाउने तयारी

