प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ।उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि सहभागी थिए।
Posted inSamachar
प्रधानमन्त्रीसँग संघीय संसदका सभामुख र अध्यक्षको छलफल

