स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी ३ दिनभित्र देशभरका नदीहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागले साउन ३, ४ र ५ गते देशका विभिन्न भागमा अत्यधिक वर्षा भई नदीहरूको जलस्तर सतर्कता तह पार गर्न सक्ने चेतावनी दिएको छ। त्यसको आधारमा इप्पानले एक विज्ञप्ति जारी गर्दै सबै निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरुलाई पूर्वतयारी गर्न अनुरोध गरेको हो।इप्पान र मौसम विभागबीचको आपत्कालीन सूचना साझे
Posted inSamachar
३ दिनभित्र बाढीको सम्भावना, जलविद्युत आयोजनामा उच्च सतर्कता अपनाउन इप्पानको आग्रह

