तनहुँको बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए।मादक पदार्थ सेवन गरेका सोही ठाउँका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो। कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
Posted inSamachar
मादक पदार्थ खाएका ७० वर्षीय वृद्धले चिपर्ट प्रहार गर्दा छिमेकीको मृत्यु

