डेमोक्र्याटिक उम्मेदवार जोहरान ममदानीले न्युयोर्कको मेयर पदको चुनाव जितेका छन्।सीबीएसका अनुसार, ३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढी समयको न्युयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर भएका छन्।ममदानीको विजय पुष्टि भएपछि उनका समर्थकहरू खुसियाली मनाउन थालेका छन्।मेयर पदका लागि मुख्य प्रतिस्पर्धा जोहरान ममदानी र एन्ड्रयु कुओमोबीच भएको थियो।डेमोक्र्याटिक प्राइमरीमा ममदानीसँग हारेपछि कुओमो स्वतन्त्र उम्मेदवार बनेका थिए।
Posted inSamachar
न्युयोर्कको मेयरमा ममदानी विजयी

