मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामलाई एक जना मातेका व्यक्तिले आपत्तिजक हरकत गर्ने प्रयास गरेका छन्। यो घटना राजधानी मेक्सिको सिटीको ऐतिहासिक सहरमा भएको हो। राष्ट्रपति सेनबाम सडकमा जनतासँग अन्तर्क्रिया गरिरहेका बेला एकजना मातेका व्यक्तिले उनलाई छोए र चुम्बन गर्ने प्रयास गरे।यद्यपि राष्ट्रपतिका अंगरक्षकहरूले तुरुन्तै ती व्यक्तिलाई गलहत्याए। घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त घटनाले मेक्सिकोका राष्ट्रपति सेनबामको सुरक्षामा चिन्ता बढाएको छ।सामा
Posted inSamachar
मेक्सिकोका राष्ट्रपतिप्रति घृणित व्यवहार, जबरजस्ती चुम्बन गर्ने प्रयास (भिडिओ)

