बेलायतको राजधानी लन्डनमा भइरहेको विश्व पर्यटन बजार (डब्लूटीएम)-२०२५ मा नेपालले सहभागिता जनाएको छ।नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशी, पर्यटन बजार व्यवस्थापन महाशाखा प्रमुख रोहिणी खनाललगायत २७ नेपाली पर्यटन व्यवसायीले सहभागिता जनाएका छन्।‘परिवर्तनशील संसारमा यात्राको पुनर्कल्पना’ भन्ने विषयवस्तुका साथ सञ्चालन भइरहेको यो ४५औँ संस्करणको इतिहासमै ठूलो कुम्भ मेलामा विश्वका १८० राष्ट्रका ४५ हजारभन्दा बढी पर्
Posted inSamachar
लन्डनमा जारी विश्व पर्यटन बजारमा नेपाल सहभागी, १८० राष्ट्रका ४५ हजार बढी पर्यटन व्यवसायीको सहभागिता

