नेपाली सेनाले संयुक्त राष्ट्रसंघ (यूएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा विशेष समारोहकाबीच सेनाले यूएन दिवस मनाएको हो।कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, लगतय सबै सुरक्षा निकायका प्रमुखहरु तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो।
Posted inSamachar
नेपाली सेनाले मनायो यूएन दिवस

