गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा शनिबार दिउँसो माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।दुर्घटनामा आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते
Posted inSamachar
गोरखामा गाडी दुर्घटना हुँदा १७ जना घाइते, ३ को अवस्था गम्भीर

