वर्षाका कारण पाँचौँ तथा अन्तिम खेल रद्द हुँदा अस्ट्रेलियासँगको टी-२० शृंखला भारतले २-१ ले जितेको छ।शनिबार ब्रिस्बेनमा भएको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।तर वर्षाका कारण खेल बीचमै रद्द गरिएको हो।त्यतिबेलासम्म भारतले ४.५ ओभरमा बिनाक्षति ५२ रन बनाएको थियो।अभिषेक शर्माले २३ र शुभमन गिलले २९ रन बनाए।यसअघि शृंखलाको पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो।अस्ट्रेलियाले दोस्रो खेल जितेको थियो भने भारतले तेस्रो र चौथो खेल जितेको थियो।
Posted inSamachar
वर्षाका कारण अन्तिम खेल रद्द हुँदा अस्ट्रेलियासँगको टी-२० शृंखला भारतले जित्यो

