यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव हिउँले पुरिएको अवस्थामा फेला परेको छ। ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो फेला पारेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए। उनीहरू सम्पर्कविहीन
Posted inSamachar
मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव २० दिनपछि फेला

