नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो पार्टी आगामी निर्वाचनपछि देशकै ठूलो पार्टी बन्ने दाबी गरेका छन्।निर्वाचन आयोग परिसरमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले आगामी प्रतिनिधि सभा निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरिएको जानकारी दिए।उनले भने, ‘हामी यस पटक जेन जीका माग र जनताको चाहना सम्बोधन गर्दै अघि बढ्नेछौँ। नयाँ पुस्ता र युवाहरूको विश्वास जित्दै सबैभन्दा धेरै सिट लिनेगरी तयारी गर्दैछौँ। हामी लार्जेस्ट पार्टी हुन्छौँ।’जनार्दन
Posted inSamachar
१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँछौँ, देशकै ठूलो पार्टी बन्छौँ : वर्षमान पुन

