सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन्। सीईओ निश्चलराज पाण्डे बाहिरिने भएपछि डेपुुटी रहेका आचार्यलाई नै सीईओ बनाइएको हो।पाण्डेको कार्यकाल माघ ११ गते सकिँदै छ। त्यस बेलासम्म पाण्डे नै सीईओको रुपमा रहनेछन् भने त्यसपछि आचार्यलाई सीईओ जिम्मेवारी हस्तान्तरण गरिने बैंकले जनाएको छ।बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई ४ वर्षका लागि सिइओमा नियुक्त गरेको हो।उनले माघ १२ गतेबाट सीईओको कार्यकाल सुरु गर्नेछन्।
Posted inSamachar
सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री’

