कास्की प्रहरीले जेन–जी आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोड गरेको आरोपमा थप ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा १० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा, सोही ठाउँका ४८ वर्षीय खली भनेर चिनिने हरिबहादुर थापा,कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ का २५ वर्षीय सन्तोष परियार, पोखरा २६ का ४० वर्षीय रमेश थापा र पोखरा ९ बस्ने ३५ वर्षीय अभिमन्यू पाण्डे रहेका छन्। उनीहरूविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प
Posted inSamachar
जेन-जी आन्दोलनमा घर जलाउँदै/लुट्दै हिँड्नेहरू पक्राउ

