दक्षिण कोरियाको ओन्जु सहरमा ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया मनीषा दाहालको मृत्यु भएको छ। दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका अनुसार सडकपार गर्ने क्रममा आइतबार ट्रकले ठक्कर दिँदा मनीषाको मृत्यु भएको हो।मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न आएकी थिइन्।दुर्घटनामा उनको निधन भएपछि शव नेपाल पठाउने प्रक्रिया अहिले अघि बढाइएको छ।यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको र सम्बन्धित
Posted inSamachar
दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा नेपाली युवतीको मृत्यु

