मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै विभिन्न ७ दलले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।बिहीबार दर्ता भएको प्रस्तावमा सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेको आरोप लगाइएको छ। मण्डल नेकपा एमालेबाट सभामुख भएका हुन्।गत २२ गतेको प्रदेश सभा बैठक सञ्चालनका क्रममा सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत विपक्षी दलका नेताहरूलाई रोष्टम प्रयोग गर्न नदिएको तथा सत्तापक्षीय सांसदहरूलाई मात्र बोल्न अनुमति दिएको आरोप प्रस
Posted inSamachar
मधेस प्रदेश सभामा एमालेबाट निर्वाचित सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता

